

सन्दीपविरुद्धको मुद्दाको अन्तिम सुनुवाई न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा

काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दाको अन्तिम सुनुवाइ न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा हुने भएको छ ।
आजबाट लामिछानेविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुँदै छ ।
न्यायाधीश घिमिरे तिनै न्यायाधीश हुन् जसले लामिछानेलाई पुर्पक्षका लगि थुनामा राख्न आदेश दिएका थिए । मुद्दा पेसी सूचीको १० वटा निवेदनपछि चार नम्बरमा रहेको छ ।
‘फास्ट ट्र्याक’बाट मुद्दा सकाउन सर्वोच्च अदालतको आदेशपछि जिल्ला अदालत काठमाडौंमा आजलाई अन्तिम सुनुवाइको पेसी तोकिएको हो । अन्तिम सुनुवाइ सकिएपछि मुद्दामा फैसला हुनेछ ।

