तनहुँ–१ मा कांग्रेसबाट भट्टराईको उम्मेदवारी पक्का !


तनहुँ – नेपाली कांग्रेसले तनहुँ क्षेत्र नम्बर १ मा केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने तयारी गरेको छ।

यस क्षेत्रबाट मंसिर ४ मा तत्कालीन कांग्रेस नेता रामचन्द्र पौडेल प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।

पौडेल गत फागुन २५ मा राष्ट्रपति निर्वाचित भएपछि यो क्षेत्र रिक्त छ। यहाँ वैशाख १० मा उपनिर्वाचन हुँदैछ।

कांग्रेस सभापति देउवाले उपनिर्वाचनमा भट्टराईलाई उम्मेदवार बनाउने बचन यसअघि नै दिएका थिए। भट्टराईले सचिवालय नै खोलेर चुनावी गतिविधि सञ्चालन गर्दै आएका छन्।

शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकमा पनि उपनिर्वाचनबारे छलफल भएको थियो। उक्त छलफलमा तनहुँ १ मा भट्टराईलाई उम्मेदवार बनाउनेबारे छलफल भएको थियो। संसदीय बोर्डले भने उम्मेदवारबारे निर्णय लिन बाँकी नै छ।

प्रतिक्रिया