जसमायाको नाम लिँदै संसदमा भूमिहीनको पक्षमा यसरी गर्जिए कांग्रेस महामन्त्री शर्मा (पूर्णपाठ)


काठमाडौं – संसदको शून्य समयमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले चार माग गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकको शुन्य समयमा महामन्त्री शर्माले जग्गाका सम्बन्धमा चार माग राखेका हुन् ।

उनले झापा बुद्धशान्ति गाउँपालिकाकी एक महिलाको भनाई साभार गर्दै नापी कहिले आउँछ र लालपूर्जा कहिले  पाइन्छ भन्ने प्रश्नको उत्तर खोजेका छन् ।

शर्माले उक्त अवसरमा सभामुखमार्फत सरकारसँग ४ आग्रह समेत गरेका छन् । उनले नापी नभएको जग्गामा अविलम्ब नापीका लागि माग गरेका छन् भने जनताले तिर्ननसक्ने कर घटाउन समेत माग गरेका छन् । त्यसका साथै कर समायोजनसँगै लालपूर्जा पनि यथाशीघ्र वितरण गर्नुपर्ने जनाएका शर्माले अविश्वस्थित बसोबास र सुकुम्बासी समस्या समाधान गर्ने अन्तिम मिति घोषणा गर्न समेत माग गरेका छन् ।

उनले संसदमा दिएको अभिव्यक्ति

आज शून्य समयमा भुमी बिषय उठाउँदै विश्वप्रकाश शर्मा

जसमाया केरुङ्ग ……

सम्माननिय सभामुख महोदय,

यो सम्मानित सदनमा मैले अहिले उच्चारण गरेको नाम,

झापा बुद्ध शान्ति गापा, सट्टाभर्नाकी भुँई मान्छे ८० बर्षिया एक आदरणीय आमाको हो l उहाँ जहिल्यै शोध्नुहुन्छ – मैले स्वास फेरिरहेकोे यो एक टुक्रा जग्गाको लालपुर्जा मेरो हातमा कहिले पर्छ ?

*भांगा गोला,

* प्यारिभिट्टा,

* मेची डाँडा,

* टिकापुर

* काली झोडा

* खम्बुटार

* खरे डाँगी

अनि देशको अनेकौं भेगका नागरिक शोधिरहेका छन् –

# नापी कहिले आउँछ ? लालपुर्जा कहिले पाइन्छ ?

बुद्ध शान्ति लगायत कतिपय ठाउँमा सरकारले लालपुर्जा वितरण शुरुपनी गर्‍यो तर गरीब जनताले चर्को कर तिर्न सक्दैनन् भन्ने हेक्का राखिएन l

त्यसैले सम्माननिय सभामुख मार्फत- म सरकारलाई एकसाथ ४ आग्रह गर्दछु l

एक – नापी नभएको ठाउँमा अविलम्ब नापी शुरु गरियोस् l

दुई – जनताले तिर्न नसक्ने कर घटाएर न्यून बनाइयोस् l

तिन – कर समायोजनसँगै लालपुर्जा वितरण अघि बढाइयोस् 

चार – अव्यवस्थित बसोबास र सुकुम्बासी समस्या समाधान गर्ने  अन्तिम मितिको सुविचारित घोषणा गरियोस् l धन्यवाद l

जय नेपाल !

प्रतिक्रिया