कञ्चनपुरमा जन्मिएकी जोशी सुदूरपश्चिमकै पहिलो महिला सिडिओ बनिन् 


काठमाडौँ – उपसचिव किरण जोशी सुदूरपश्चिम क्षेत्रबाट पहिलो महिला प्रमुख जिल्ला अधिकारी(प्रजिअ) बनेकी छन् ।

कञ्चनपुरमा जन्मिएकी जोशी सुदूरपश्चिमबाट पहिलो महिला सिडिओ बनेकी हुन् ।

कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागबाट जिल्ला प्रशासन कार्यालय दार्चुलामा सरुवा भएसँगै उनी सुदूरपश्चिमबाट पहिलो महिला सिडिओ बनेकी हुन् ।

गृह मन्त्रालयको २०७९ चैत्र ९ गतेको निर्णय अनुसार उनलाई दार्चुलाको प्रमुख जिल्ला अधिकारीमा पठाइएको हो ।

जोशी कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. १८ मा जन्मिएकी हुन् ।

प्रतिक्रिया