ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ को मृत्यु, १ घाइते


सुर्खेत – दैलेखमा मनकामना ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना भएको छ । ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा चालक कृष्ण चौधरी, लक्षिराम चौधरी र विष्णु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक डीएसपी किसोर लम्सालले जानकारी दिए । लम्सालका अनुसार सहचालक प्रकाश कुमाई घाइते भएका छन् ।

बुधवार नेपालगन्जबाट दैलेख जाँदै गरेको भे १ ख २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका ४ तालपोखरीमा दुर्घटना भएको हो ।

ट्रक सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेको छ ।

प्रतिक्रिया