बुटवलमा संक्रमित महिलाको मृत्यु, शव व्यवस्थापनको तयारीमा सेना


बुटवल – लुम्बिनी प्रदेश अन्तर्गतको रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका वडा नं. ११ की ४४ वर्षीया महिलाको मंगलबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

सोमबार लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गराइएको रिपोर्ट पोजेटिभ आएपछि उनको भेन्टिलेरमा राखेर उपचार गरिए पनि स्वास्थ्यमा सुधार आएको थिएन ।

सुगरकी समेत बिरामी रहेकी उनको अहिले नेपाली सेनाले शव व्यवस्थापन गर्ने तयारी गरिरहेको छ ।

यससँगै बुटवलस्थित कोरोना विशेष अस्पतालमा कोरोनाका कारण ३५ जनाको मृत्यु भइसकेको जनाइएको छ ।

प्रतिक्रिया