१७ जनाको ज्यान जाने गरी बंगलादेशमा बस दुर्घटना, २५ घाइते


ढाका – बंगलादेशको दक्षिणी जिल्ला शिवचरमा आज (आइतबार) बिहान भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् ।

हालै निर्माण गरिएको द्रुतमार्गमा यात्रीबाहक एउटा बस दुर्घटना हुँदा १७ जनाले ज्यान गुमाएका तथा घाइते सबैलाई नजिकको अस्पताल भर्ना गरिएको स्थानीय प्रहरी प्रमुख मसुद आलमले बताएका छन् । द्रुत गतिमा रहेको उक्त बस बस द्रुतमार्गको रेलिङमा ठोक्किएर खाडलमा खसेको छ ।

थोत्रा सवारी साधन, नियमित मर्मतसम्भार नभएका सडक एवम् सवारी साधनका कारण बंगलादेशमा सडक दुर्घटना भइरहन्छन् । गत सडक दुर्घटनामा परी नौ हजार ९५१ जनाको मृत्यु भएको थियो । एजेन्सी

प्रतिक्रिया