

५ लाख डोज कोरोना खोप दिने चीनको घोषणा

काठमाडौँ – चीनले नेपाललाई ५ लाख डोज कोरोना खोप अनुदान दिने घोषणा गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शुक्रवार भएको टेलिफोन संवादका क्रममा चिनियाँ विदेश मन्त्री वाङ यीले ५ लाख डोज कोरोना खोप दिने जानकारी दिएका हुन् ।
विदेश मन्त्री वाङले कोरोना खोपका लागि नेपाललाई प्राथमिकतामा राख्ने बचनसमेत दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसअघि ३ लाख कोरोना खोप दिने भनिएको थियो ।

