‘ग्रीन हाउस’मा रामसहायप्रसादको ‘इन्ट्री’


काठमाडौं – नेपालको चौथो कार्यकालका लागि तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा) का सांसद रामसहायप्रसाद यादव विजयी भएका छन् । सत्ता गठबन्धनको समर्थन पाएका उनले जम्मा खसेको मतमध्ये बहुमत प्राप्त गरी मधेसी समूदायबाट दोस्रो उपराष्ट्रपति बन्ने सौभाग्य पाउँदै उपराष्ट्रपति निवास ‘ग्रीन हाउस’ मा प्रवेश पाएका हुन् । यसअघि पहिलो उपराष्ट्रपतिका परमानन्द झा रहेका थिए ।

उपराष्ट्रपतिको निर्वाचनमा चार जनाको उम्मेदवारी परे पनि तीनजना प्रतिस्पर्धामा रहेका थिए । यादव निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र ममता झाले भन्दा बढी मत ल्याउँदै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

उपराष्ट्रपतिका लागि जनमत पार्टीकी ममता झाले पनि उम्मेदवारी दिएकी थिइन् । त्यस्तै उपराष्ट्रपतिको उम्मेदवारी दिएकी प्रमिलाकुमारी यादवले उम्मेदवारी फिर्ता लिएको जानकारी गराउँदै यादवलाई नै समर्थन गरेकी थिइन् ।

उनी गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा बारा क्षेत्र नं. २ बाट जसपाबाट उम्मेदवारी दिँदै १३ हजार ८ सय २२ मतसहित विजयी भएका थिए । उनी नेकपा माओवादी केन्द्रका शिवचन्द्र प्रसाद कुशवाहालाई ३५८ मतले पराजित गर्दै संघीय सांसद बनेका थिए ।

५२ वर्षीय यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै सबैभन्दा अगाडि राजनीतिक दलबाट अलग हुनेछन् भने त्यसपछि प्रतिनिधि सभा सांसदबाट पनि राजीनामा दिनेछन् । उनको स्थानमा पनि उपनिर्वाचन हुनेछ ।

यसअघि निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनले २ कार्यकाल उपराष्ट्रपति रहेका थिए ।

प्रतिक्रिया