

बागमती प्रदेशमा ‘तामाङ’ र ‘नेवारी’ सरकारी कामकाजको भाषा हुने

हेटौंडा – बागमती प्रदेशभित्र सरकारी कामकाजको भाषा नेपालीसँगै तामाङ र नेवारी (नेपाल भाषा) कार्यान्वयन गर्न एक महिनाभित्र ऐन निर्माण गरिने भएको छ।
शुक्रबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलको उपस्थितिमा काठमाडौंमा भएको तामाङ/नेवारी(नेपाल भाषा) कार्यान्वय तयारी सम्बन्धि समितिको बैठकले उक्त निर्णय गरेको हो।
एक महिनाभित्र ऐन निर्माण गरेर आउँदो नयाँ वर्ष (वैशाख महिना) भित्र संसदमा पेश गरिने समितिले जनाएको छ।
समितिमा सामाजिक विकास मन्त्री कुमारी मोक्तान, श्रम रोजगार तथा यातायात मन्त्री एकलाल श्रेष्ठसँगै दुई विज्ञ सदस्य डा. गणेश योन्जन र ओमकार्यश्वर श्रेष्ठ सदस्य छन्।

