भुर्तेलले बनाए अर्धशतक, सम्हालिँदै नेपाल


काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग टु मा बिहीबार युएईविरुद्धको खेलमा नेपालका कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।

युएईले दिएको ३११ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालका लागि कुशलले ३२ बलमा अर्धशतक पूरा गरेका हुन् ।

नेपालले ३११ रनको लक्ष्य पछ्याउँदै ३ विकेटको क्षतिमा ९८ रन बनाएर खेलिरहेको छ ।

ठूलो रनको लक्ष्य पछ्याएको नेपाल सुरुमा केही दबाबमा खेले पछि अहिले कुशल भुर्तेल र भीम सार्कीले नेपालको पारी सम्हाल्ने कोशिश गरेका छन् ।

प्रतिक्रिया