थप १०५ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु


काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ७०७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २ हजार ३५ पुगेको छ ।नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २७२ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६७ हजार ५६४ पुगेको छ। हाल नेपालमा सक्रिय संक्रमितको संख्या २ हजार १०८ रहेको छ ।

अहिलेसम्म नेपालमा २० लाख ८८ हजार ३७२ वटा पीसीआर नमूना परीक्षण भएका छन् । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ९२ रहेको छ ।

प्रतिक्रिया