सिन्धुपाल्चोकका कौशल खतिवडा अस्ट्रेलियामा मृत भेटिए


सिड्नी– सिन्धुपाल्चोक मेलम्चीका कौशल खतिवडा अस्ट्रेलियाको मेलबर्नस्थित एउटा कोठामा मृत फेला परेका छन्।

मेलबर्नको रक्सवर्गपार्कमा कोठा लिई बसोबास गर्ने खतिवडा रिजर्भोयरमा क्षेत्रमा दुई दिनको लागि एयर विएनवी मार्फत भाडामा लिएको कोठामा मृत फेला परेका हुन्।

उनी यसै साता बाथरुममा मृत फेला परेको भिक्टोरिया प्रहरीले जनाएको छ। उनले आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ।

प्रहरीले शवको पहिचानका लागि बोलाउँदा मात्रै आफुले घटनाबारे जानकारी पाएको उनीसँगै बस्दै आएका अर्का एक विद्यार्थीले जानकारी दिए ।

गैर आवासीय संघ भिक्टोरियाका संयोजक प्रेम कँडेलका अनुसार कूल पाँच जना विद्यार्थी सँगै बस्ने गरेका थिए । यो दुर्घटनापछि प्रहरीले नेपालको सिन्धुपाल्चोक, अभिभावकहरुलाई सम्पर्क गरेको थियो । अभिभावकहरुले गैरआवासीय नेपाली संघलाई आफ्नो छोराको शव नेपाल पठाउने कार्यमा सहयोग गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया