महाराजगन्ज चिकित्सा क्याम्पसमा स्ववियु निर्वाचन : अबिशिखा न्यौपानेको उम्मेदवारी


काठमाडाैं – महाराजगन्ज चिकित्सा क्याम्पसमा नेपाल बिद्यार्थी संघ र अखिल क्रान्तिकारिको संयुक्त मनोनयनबाट सभापतिमा अबिशिका न्यौपाने उम्मेदवार भएकी छन् । महाराजगन्ज क्याम्पस इकाईबाट सर्बसम्मत सभापति उम्मेदवार बनेकी न्यौपाने चिकित्सा क्याम्पसको पहिलो उम्मेदवार समेत हुन।

महाराजगन्ज क्याम्पसको शैक्षिक सुधार,प्रविधी मैत्री ब्यबस्थापन र गुणस्तरीय उत्पादनशिल शिक्षा तथा अस्पतालको विकास सुधारमा समेत लाग्ने प्रतिबद्ध रहेको संयुक्त समुहले बताएको छ।

चिकित्सा क्षेत्रका शिक्षा संग जोडिएका,अस्पताल संग जोडिएका,चमेनागृह र छात्रछात्रावास संग जोडिएका जस्तै अन्य विविध पक्षहरु,यहाँका समस्यालाई सुक्ष्मतरिकाले अध्ययन गरेका छौ, ती यहाँका समस्या हुन् निर्वाचित भए पश्चात् अब हामी समाधान गर्नेछौ उनले बताइन्।

यहाँ हामीले निष्पक्ष तरिकाले काम गर्नेछौं त्यही भएर उहाँ लगनशील र सक्षम नेतृ हुनुहुन्छ त्यसैले हाम्रो तर्फबाट महिला उम्मेदवार बनाएका हौ, हाम्रो पक्षमा बिद्यार्थीले भोट गर्नुहुन्छ हामी जितको नजिक छौ एक प्रतिनिधिले बताए ।

महाराजगन्जको विभिन्न पदमा उम्मेदवारी दर्ता भएको छ। सभापतिमा अबिशिखा न्यौपाने,सचिवमा पारश खड्का,कोषाध्यक्षमा सुमन ओलिले उम्मेदवारी दिएका छन्।

त्रिभुवन विश्वविद्यालयले देशैभर चैत ५ गते स्ववियु निर्देशिका अनुसार निर्वाचन गर्दैछ। केहि क्याम्पसहरुमा निर्वाचनको काम अगाडि बढाउन छलफल भईरहेको छ।

प्रतिक्रिया