कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने


काठमाडौं – नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि (बुधबार) का लागि बोलाइएको छ । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गर्दै बैठक बोलाइएको जानकारी दिए । बैठक चैत १ गते अर्थात् भोलिका लागि बोलाइएको हो ।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७९ चैत्र १ गते बुधबारका दिन बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ’, पौडेलद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।

प्रतिक्रिया