शानदार दुई जीतका साथ फर्कियो नेपाली यु–२० महिला टोली


काठमाडौं – एएफसी यु–२० महिला नेपाली टोली आज स्वदेश फर्किएको छ ।

एसियन कप छनोटको दोेस्रो चरणमा स्थान पक्का गरेको नेपाली टोली आज राती २ बजे स्वदेश फर्किएको हो । टोलीलाई अखिल नेपाल फुटबल (एन्फा) का पदाधिकारीले स्वागत गरेका थिए ।

समूह बी मा रहेको नेपाल दुई खेलमा शतप्रतिशत नतिजाका साथ शीर्ष स्थानमा रहेर दोस्रो चरण प्रवेश गरेकाे छ ।  नेपालले पहिलो खेलमा प्यालेस्टाइन र दोस्रो खेलमा नर्दन मारियाना आइसल्यान्डमाथि समान ६–० को जित निकाल्दै स्वदेश फर्किएको हो ।

युएईले नाम फिर्ता लिएपछि समूह बी मा नेपाल, प्यालेस्टाइन र नर्दन मारियाना आइसल्यान्ड मात्र प्रतिस्पर्धामा थिए ।

प्रतिक्रिया