

कांग्रेस लुम्बिनी प्रदेश सचेतकमा गिरी

काठमाडौं – नेपाली कांग्रेस लुम्बिनी प्रदेश सचेतकमा निमा गिरी नियुक्त भएकी छन्।
समानुपातिकतर्फबाट सांसद बनेकी गिरीलाई प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले सचेतकमा नियुक्त गरेका हुन् ।
झिमरूक गाउँपालिका ७ प्यूठानकी गिरी कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्रीसमेत हुन् ।

