नेप्सेमा सूचीकृत भयाे चन्द्रागिरी हिल्सको आईपीओ, दोस्रो बजारमा कहिले ?


काठमाडौं – चन्द्रागिरी हिल्स कम्पनीको आईपीओ आज शुक्रवार नेप्सेमा सूचीकृत भएको छ । उक्त कम्पनीको १ करोड ५३ लाख ४० हजार ९१० कित्ता साधारण शेयर सूचीकृत भएको हो ।

कम्पनीले दोस्रो बजारका लागि पहिलो कारोबार गर्न ९६ दशमलव ६९ देखि २९० दशमलव शून्य ७ ओपन रेञ्ज पाएको छ । नेप्सेले कम्पनीको शेयरलाई अन्य समुहमा सूचीकृत गरेको छ । कम्पनीको शेयर दोस्रो बजारमा स्टक कोड सीजीएचमा कारोबार हुनेछ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । अव कम्पनीको उक्त परिमाणको शेयर आगामी आइतवारदेखि कारोबारमा आउनेछ ।

प्रतिक्रिया