

घोषणा गरिएको चुनावको सामना गर्न उपप्रधानमन्त्री पोखरेलको चुनौती

काठमाडौं – उपप्रधानमन्त्री एवं नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले घोषणा गरिएको चुनावको सामना गर्न चुनौती दिएका छन् । काठमाडौंमा शुक्रबार आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्दै पोखरेलले घोषित चुनावलाई चुनौती दिँदै नहिँड्न अपिल गरेका थिए ।
‘निर्वाचनमा जाने प्रधानमन्त्रीको घोषणालाई प्रचण्ड–नेपाल समूहले चुनौती दिएको छन्, निर्वाचन आयोगलाई धम्की दिइरहेका छन्,’ उनले भने, ‘यो संविधान र लोकतन्त्रविरोधी कुरा हो।’ ताजा जनादेशमा गएर जनताले जे निर्णय गर्छन् त्यसलाई स्वीकार गर्नुको विकल्प नरहेको पोखरेलले बताए ।
पोखरेलले मृत्युमा जीवन खोज्ने प्रचण्ड र कुण्ठालाई प्रतिनिधित्व गर्ने माधव नेपालको मिलन कम्युनिष्ट आन्दोलनका लागि बाधक भएको टिप्पणी समेत गरे ।
पोखरेलले पाँच वर्षलाई निर्वाचित भएको प्रधानमन्त्रीलाई धक्का दिएर हटाउन खोज्ने, महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई महाधिवेशन अगाडि नै हटाउने षड्यन्त्र भएपछि नयाँ परिस्थिति सिर्जना भएको बताएका छन् । उनले प्रतिकूलताका बीच पनि आफूहरूले स्थायित्वका लागि काम गर्ने जिकिर गरे ।

