सन्दीपले ५ विकेट लिएसँगै नेपालले पायो ९६ रनको लक्ष्य


काठमाडौं — सन्दीप लामिछनेको उत्कृष्ट बलिङका मद्दतले नेपालले पपुवान्युगिनी (पिएनजी) लाई ९५ रनमा समेट्दै ९६ रनको लक्ष्य पाएको छ ।

टस जितेर बलिङ रोजेको नेपालका बलरहरुले उत्कृष्ट बलिङ गर्दै पीएनजीलाई ९६ रनमा समेटे ।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा २५ रन खर्चिँदै ५ विकेट हात पारे । सन्दीपले अन्तिम बलमा कमेरालाइ बोल्ड गर्दै पीएनजीलाइ ९५ रनमा समेटेका थिए । अन्तिम बलमा लिएको विकेटसँगै सन्दीपले खेलमा ५ विकेट लिए ।

त्यस्तै ललित राजवंशीले २ विकेट लिँदा सोमपाल कामीले १ विकेट लिए भने कुशल मल्लले २ विकेट हात पारे ।

पीएनजीका लागि कप्तान असाद भालाले २० रन बनाए भने सेसे बाउले १८ रन बनाएर आउट भए । त्यस्तै चाल्र्स अमिनीले १६ रन बनाउँदा हिरीहिरीले १४ रन बनाए ।

नेपालले यस सिरिजको आफ्नो पहिलो खेलमा पीएनजीलाई नै ५२ रनले पराजित गरेको थियो ।

भने दोस्रो खेलमा युएईलाई १७७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

 

प्रतिक्रिया