

सन्दीप र ललितको बलिङमा पीएनजी निरीह, सन्दीपले लिए ३ विकेट

काठमाडौं । सन्दीप लामिछनेले तेस्रो विकेट लिएसँगै पपुवान्युगिनीको छैटौं विकेट गएको छ ।
सन्दीपले २४ औं ओभरको पहिलो बलमा पीएनजीका अमिनीलाई क्याटआउट गराएपछि पीएनजीको इनिङ धराशायी बनेको हो ।
त्यसअघि नेपालका लागि ललितनारायण राजवंशीले २ विकेट लिएका छन् ।
पपुवान्युगिनीविरुद्धको खेलमा ललितले आफ्नो दोस्रो विकेट लिने क्रममा पीएनजीका हेकुरेलाई आउट गरेका हुन् ।
यससँगै पीएनजीले २३ ओभरमा ७९ रन बनाएर ५ विकेट गुमाइसकेको छ ।
नेपालका लागि सन्दीप लामिछानेले ३, ललितले २ र सोमपाल कामीले १ विकेट लिएका छन् ।

