

नेपालको बलिङ सामू युएई निरीह, ६२ रन बनाउँदा ८ विकेट गयो

काठमाडौं – नेपालको घातक बलिङ सामू युएई धरासायी भएको छ ।
२४९ रनको लक्ष्य पछ्याउने क्रममा युएईले अहिलेसम्म २१.१ ओभरमा ८ विकेट गुमाएर ६२ रन बनाएको छ ।
नेपालका लागि ललित राजवंशीले ३ विकेट लिएका छन् भने सन्दीप लामिछानेले २ विकेट लिएका छन् । त्यस्तै दीपेन्द्र सिंह ऐरी, गुल्सन झा र सोमपाल कामीले १/१ विकेट लिएका छन् ।

