म मन्त्री होइन, प्रधानमन्त्री बन्ने तयारीमा छुः गगन थापा


काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू प्रधानमन्त्रीको तयारीमा रहेको बताए ।

थापा मन्त्री बन्ने तयारीमा रहेको भन्दै सञ्चारमाध्यममा आइरहेका बेला थापाले आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा आफूले मन्त्री होइन, प्रधानमन्त्रीका लागि तयारी गरेको बताए ।

प्रधानमन्त्री बन्ने तयारीका साथ संसदीय दलको नेताको चुनाव लडे पनि नसकेको भन्दै उनले अघि भने, ‘म मन्त्री बन्ने लाइनमा छैन ।’

अब ५ वर्ष सांसदका रुपमा जिम्मेवारी निभाउने उनले बताए ।

प्रतिक्रिया