

सुक्खा पहिरोमा परी बागलुङमा एक जनाको मृत्यु

बागलुङ – बागलुङको बरेङमा सुक्खा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ। जिल्लाको बरेङ गाउँपालिका-२ हुग्दिशिर सक्नेरीमा पहिरोमा परेर निसीखोला गाउँपालिका-६ का ४२ वर्षीय शुकलाल विकको मृत्यु भएको हो।
पेरिबाङ–बरेङ उर्लेनी मोटर बाटो बिस्तारका क्रममा काम गर्दै गर्दा माथिबाट एक्कासि झरेको सुक्खा पहिरोमा विकको ज्यान गएको प्रहरीले जनाएको छ।
शुक्रबार दिउँसो पौने १ बजे पहिरोमा परेर गम्भीर घाइते भएका विकलाई उपचारका लागि सदरमुकाम बागलुङतर्फ रिफर गरिएकामा उनको बाटैमा ज्यान गएको विकका आफन्त तुलबहादुर बुढाले बताए।

