

किन घट्यो ट्रम्पका छोरी ज्वाईंको कमाई ?

काठमाडौं – अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरी इवांका ट्रम्प र ज्वाईं ज्यारेड कुशनरको कमाई गत वर्षमा करिव २० प्रतिशतले घटेको छ ।
इवांका ज्यारेडले २०२० र २०२१ का पहिलाे २० दिनका लागि आफ्नो आम्दानीको ८७४ करोड रुपैयाँ रहेको बताएका हुन् । एक वर्ष अगाडि उनीहरुको आम्दानी ११ सय करोड रुपैयाँ थियो । यसको कारण कोरोना महामारी हुन सक्ने बताइएको छ ।
इवांका र कुशनगर ह्वाइट हाउसमा ट्रम्पको राष्ट्रपति कार्यकालमा सल्लाहकारको रुपमा काम गर्दथे । तर उनीहरुले सरकारी स्यालरी लिन अस्वीकार गरेका थिए । एजेन्सी

