गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु


प्युठान – प्युठानमा गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। शुक्रबार बिहान रा१ज ८०९ नम्बरको भाडाको स्कार्पियो सडकदेखि झन्डै ५० मिटर तल खसेको हाे ।

घाइते यात्रुहरूले गाडीको ब्रेक फेल भएर स्कार्पियो सडकदेखि झन्डै ५० मिटर तल खसेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी सुनिल मल्लले दुर्घटनामा परी अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका–८ का ४२ वर्षीय टंकबहादुर बुढाको घटनास्थलमै मृत्यु भएको बताए।

दुर्घटनामा परी चालक प्युठान जिल्लाको सरुमारानी गाउँपालिकाका दशरथ विश्वकर्मा गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारको लागि बुटवल रिफर गरिएको डिएसपी मल्लले बताए।

दुर्घटनाका अन्य थप ९ जना घाइतेहरूको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ। दाङको भालुबाङबाट रोल्पा जिल्लाको सुलिचौरतर्फ जाँदै गरेको रा १ ज ८०९ नम्बरको भाडाको स्कार्पियो बिहान साढे ९ बजेतिर प्युठान जिल्लाको सरुमारानी गाउँपालिका वडा नं. ६ मोतिपुरमा दुर्घटनमा परेको थियो।

प्रतिक्रिया