मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते


काठमाडौं – काठमाडौंको घण्टाघरमा शुक्रबार बिहान पैदलयात्रुलाई ठक्कर दिएर मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ। पैदलयात्रु घाइते भएका छन्।

मोटरसाइकल चालक भोजपुरको षडानन्द गाउँपालिका-११ घर भई हाल काठमाडौं बस्ने २३ वर्षीय सुजल छावुहाङ राई मृत्यु भएको हो।

राईको उपचारका क्रममा बिहान सवा ७ बजे राष्ट्रिय ट्रमा सेन्टर महांकालमा मृत्यु भएको हो। बा ६५ प ५६०८ नम्बरको मोटरसाइकलले पैदलयात्रुलाई ठक्कर दिएर पल्टिएको थियो।

घाइते भएका पैदलयात्रु काठमाडौंको नैकाप बस्ने ५८ वर्षीय अशोक कुमार महर्जनको सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया