नेपाल टेलिकमको भ्वाइस प्याकप्रतिको घट्दो आकर्षक


काठमाडौं- कोरोना भाइरसले नेपाल टेलिकमको भ्वाइस प्याक सेवा भने नराम्रो गरी प्रभावित भएको छ । कोरोनाका कारण देशव्यापी भएको लकडाउन सुरु भएको केही दिनपछि नै भ्वाइस ट्राफिकमा ह्वात्तै कमी आउन थाल्यो । भ्वाइस प्याक प्रयोगमा लगभग २५ प्रतिशतसम्म कमी आयो जसले राजस्वमा पनि ठुलो प्रभाव पर्‍यो ।

नेपाल टेलिकमको तथ्यांकअनुसार २०२० फ्रेबेवरीमा २२ करोड ९० लाख मिनेट भ्वाइस प्याक प्रयोग भएको थियो । जुन मार्चमा घटेर २२ करोड ७० लाख मिनेटमा पुगेको थियो भने अप्रिलमा २३ करोड २० लाख मिनेट रहेको थियो । यस्तै, भ्वाइस प्याक सेवा प्रयोग मे महिनामा ह्वात्तै घटेर १८ करोड ४० लाख मिनेटमा झरेको हो । यसैगरी २०२० को अगष्टमा २१ करोड १० मिनेट प्रयोग भएको थियो ।

नेपालमा रहेका सबै सेवा प्रदायकहरुको मुख्य राजस्व स्रोत आजसम्म पनि परम्परागत भ्वाइस सेवा नै हो, जुन अन्दाजी ७० प्रतिशत रहेको छ । नेपाल टेलिकम आजससम्म पनि भ्वाइस सेवामा अग्रणी रहेको छ । तर, आजभोलि ग्राहकहरुले ओभर दि टपबाट भ्वाइस कल गर्ने क्रम भने बढीरहेको छ ।

प्रतिक्रिया