

आङ साङ सुकीका प्रमुख सहयोगी पक्राउ

म्यानमार –म्यानमारकी नेतृ आङ साङ सुकीका प्रमुख सहयोगी पक्राउ परेका छन् । म्यानमारको सेनाले गरेको ‘कू’ को व्यापक विरोध भइरहदा सुकीका प्रमुख सहयोगी विन हटेइन पक्राउ परेका हुन् ।
उनले आफूलाई प्रहरीले नियन्त्रणमा लिँदै यान्गोनबाट न्यपेत लगिएको बताएका छन् । उनले आफूमाथि के मुद्दामा समातिएको भन्ने विषयमा भने कुनै जानकारी दिएका छैन ।
उनले थपेका छन्, ‘हामीलाई लामो समयदेखि निरन्तर नराम्रो व्यवहार गरिँदै आएको छ । म कहिल्यै पनि उनीहरुसँग डराउने छैन किनकी मैले आफ्नो पूरा जीवनकालमा केही पनि गलत गरेको छैन ।’
यता आयात–निर्यात कानून तोडेको अभियोग लगाउँदै सुकीमाथि मुद्दा चलाइएको छ । प्रहरी दस्तावेजअनुसार सूकीलाई १५ फेब्रुअरीसम्म हिरासतमा राख्न पनि निर्देशन समेत दिएको छ । एजेन्सी

