उपराष्ट्रपतिबारे निर्णय गर्न एमालेले बाेलायाे सचिवालय बैठक


काठमाडौँ – उपराष्ट्रपतिबारे निर्णय गर्न नेकपा (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ ।

बैठक भोलि बिहान ९ बजे बस्ने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार बैठकले उपराष्ट्रपतिबारे निर्णय गर्नेछ ।

एमालेले उपराष्ट्रपतिमा उम्मेदवार नउठाउने सम्भावना रहेको एक पदाधिकारीले बताए । “सोझै हार्ने चुनाव के उठ्ने भन्ने कुरा पनि उठिरहेका छन् ।

उपराष्ट्रपतिको उम्मेदवारी मनोनयन भोलि हुँदैछ ।

प्रतिक्रिया