रामचन्द्र पौडेल राष्ट्रपति भएपछि तनहुँ १ रिक्त, उपनिर्वाचन हुने


काठमाडाैं – राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल विजयी भएपछि उनको क्षेत्र अब रिक्त भएको छ ।

नेकपा एमाले उम्मेदवार सुवास नेम्वाङलाई राष्ट्रपति पदमा पराजित गरेपछि पौडेलले गत मंसिर ५ मा भएको प्रतिनिधिसभामा निर्वाचनमा जितेको तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन गर्नुपर्ने हुन्छ।

गएको मंसिरमा सम्पन्न निर्वाचनमा पौडेल २५ हजार ३१८ मत ल्याएर विजयी भएका थिए ।

उनले एमालेका एकबहादुर रानालाई करिब ६ हजार मतान्तरले पराजित गरेका थिए । रानाले १९ हजार ९४३ मत पाएका थिए ।

तनहुँ १ बाट कांग्रेसले युवा नेता गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

प्रतिक्रिया