चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार, आज ड्रेसिङ गरिँदै


काठमाडौं – ग्यास लिक भएर आगलागीबाट गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।

मुम्बईमा रहेको नेशनल बर्न सेन्टरमा १९ दिनदेखि उपचाररत भण्डारीको स्वास्थ्यका सबै प्यारामिटरहरु सामान्य हुँदै गएको चिकित्सकहरूले बताएका छन् ।

उनका ठूलो दाजु मीन भण्डारीले भने– अहिले सबै स्वास्थ्य पारामिटरहरु सामान्य छन् । (आज) सोमबार ड्रेसिङ गर्ने तयारी गरिएको छ । कलमी छालाले राम्रो प्रतिक्रिया दिइरहेको छ । स्वास्थ्यमा सुधार भइरहेको छ । डाक्टर र अस्पतालले उनलाई भेट्न रोक लगाएको छ । ।

फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक भएर आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए।

हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको थियो ।

प्रतिक्रिया