पाकिस्तानमा सडक दुर्घटना : ७ जनाको मृत्यु २३ घाइते


इस्लामावाद – पाकिस्तानमा पछिल्लो २४ घण्टामा भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तीमा सात जनाको भएको छ भने २३ जना घाइते भएका छन् ।

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको झोब जिल्लामा शनिबार साँझ कन्टेनर ट्रकसँग ठोक्किँदा कम्तीमा चार जनाको मृत्यु भएको उद्धार सेवाले सञ्चारमाध्यमलाई बताएको छ ।

प्राप्त जानकारी अनुसार जिल्लाको मुगलकोट प्रहरी चौकी नजिकै सिमेन्ट बोकेको ट्रकमा कपडा बोकेको कन्टेनर ब्रेक फेल भएर ठोक्किएको हो ।

यसैगरी गिलगिट(बाल्टिस्तान क्षेत्रको उत्तरी चिलास सहर नजिकै एउटा बस खाल्डोमा खस्दा आइतबार तीन यात्रुको मृत्यु भएको थियो र २३ जना घाइते भएका छन् ।

उक्त दुर्घटना घटना क्षेत्रको हुडुर क्षेत्रमा काराकोरम राजमार्गमा भएको बताइएको छ। दुर्घटनाग्रस्त बस पूर्वी पञ्जाब प्रान्तको रावलपिंडी शहरबाट गिलगिट(बाल्टिस्तानको स्कार्दु जिल्लातर्फ जाँदै थियो।

प्रतिक्रिया