आईसीसी विश्वकप लिग–२ः युएईविरुद्ध पिएनजी विजयी


 

काठमाडौं – आईसीसी विश्वकप लिग– २ अन्तर्गतको खेलमा पपुवान्युगिनी (पीएनजी) ले युएईलाई ५ विकेटले पराजित गरेको छ ।

आइतबार दुबईमा भएको खेलमा टस जितेर पपुवान्युगिनीले फिल्डिङ गर्ने निर्णय गर्दै युएईलाई ब्याटिङका लागि निम्तो दिएको खेलमा युएईले २६.२ ओभरमा ९७ रन बनाउँदा आफ्नो सबै विकेट गुमायो ।

युएईले दिएको ९८ रनको लक्ष्य पीएनजीले २६.५ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । युएईका लागि ओपनर टोनी उराले नटआउट ३५ रन बनाए । त्यस्तै चाड सोपर ८ रनमा  नटआउट  रहे ।

त्यस्तै सेसे बाउले १८ रन बनाँदा हिरी हिरी १४ रनमा आउट भए ।

युएईका लागि रोहन मुस्तफाले २ विकेट लिँदा जाहुर खान, आयान खान, जुनैद सिद्धिकीले १/१ विकेट लिए ।

त्यसअघि पीएनजीका लागि रिले हेकुरेले उत्कृष्ट बलिङ गर्दै युएईको इनिङ ध्वस्त पारे । उनले ४.२ ओभरमा १३ खर्चिएर ५ विकेट हात पारे भने चाड सोपरले ३ विकेट लिँदा चार्ल्स अमिमीले १ विकेट लिए ।

युएईका लागि भित्रिया अरविन्दले सर्वाधिक २६ रन बनाए भने मुहम्मद वासिमले १९ रन बनाए । त्यस्नै अशिम खानले ११ रन बनाउँदा चुन्दनगापोयील रिजवानले १० रन बनाए । युएईका ५ जना खेलाडीले कुनै रन बनाउन सकेनन् ।

पीएनजीको यस जितसँगै ३१ खेलमा ९ अंक रहेको छ भने युएइको ३० खेलमा ३१ अंक रहेको छ । नेपालको ३१ खेलमा ३० अंक रहेको छ । भोली नेपालले युएइको सामना गर्नेछ । यसअघिको खेलमा पनि पीएनजीले युएईलाई पराजित गरेको थियो ।

प्रतिक्रिया