संकटकाल/कर्फ्यु लाग्ने कुरा तथ्यहीन


काठमाडौं– गृह मन्त्रालयले विभिन्न विद्युतीय माध्यममा संकटकाल र कफ्र्यु लाग्छ भनेर सार्वजनिक भएको सूचना तथ्यहीन रहेको जनाएको छ ।

मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गरी मोबाइल, सामाजिक सञ्जाललगायत विद्युतीय माध्यममा सुरक्षा संवेदनशील विषयसमेत जोडेर संकटकाल र कफ्र्यु लाग्ने भन्ने सूचना सम्प्रेषण गरेको पाइएकाले गम्भीर ध्यानाकर्षण भएकोसमेत जनाएको छ ।

‘उक्त सूचना तथ्यहीन, भ्रामक, निराधार र गलत भएको व्यहोरा सम्बन्धित सबैमा सूचीत गरिन्छ’, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्ता घटनालाई गम्भीरतापूर्वक लिइ आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । (रासस)

प्रतिक्रिया