
नेपाललाई पाँचौं सफलता
काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवान्युगिनीविरुद्ध नेपालले पाँचौं विकेट लिएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले बलिङ गरेको नेपालका लागि दिपेन्द्र सिंह ऐरीले पाँचौं विकेट लिएका हुन् ।
दिपेन्द्रले ३६ ओभरको अन्तिम बलमा गौडी टोकालाई १५ रनमा बोल्ड आउट गराएका हुन् । यसअघि नेपालले २२ र २३ औं ओभरमा लगातार दुई विकेट लिएको थियो ।



कागजपत्र |
