बागमतीका सांसदलाई आठ गठबन्धनको आज अभिमुखीकरण


काठमाडौं – आठदलीय गठबन्धनले आज वागमती प्रदेश सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम राखेको छ ।

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई विजयी गराउन गठबन्धनले संघदेखि प्रदेशसम्ममा सांसदमाझ अभिमुखीकरण कार्यक्रम गरिरहेको छ ।

सोहीअन्तर्गत बिहीबार प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदलाई अभिमुखीकरण गरिएको थियो ।

यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा पूर्वसभामुख पौडेललाई विजयी गराउन नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा अन्य राजनीतिक दलका प्रतिनिधिहरु रहनेगरी ‘राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्र’ गठन गरिएको छ ।

संयन्त्रको निर्णयबमोजिम वागमती प्रदेशका आठवटै राजनैतिक दलका प्रदेश सभा सदस्यका लागि आज दिउँसो १ बजे आनन्द इभेन्ट, नयाँ वानेश्वरमा अभिमुखीकरण कार्यक्रम गर्न लागिएको हो ।

प्रतिक्रिया