
आईसीसी विश्वकप लिग २ः नेपालले पहिला फिल्डिङ गर्ने
काठमाडौं – यूएईमा जारी आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले फिल्डिङ गर्दै छ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा पपुवान्यु गिनीले टस जितेर ब्याटिङ रोजेको पछि नेपालले पहिला बलिङ गर्ने भएको हो।
यही सिरिजको क्रममा सोमबार भएको खेलमा नेपालले पीएनजीलाई पराजित गरेको थियो ।
पीएनजीमा आयोजना हुनुपर्ने यो सिरिज मैदानको अवस्थाको कारण यूएईमा सारिएको थियो ।
२०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि हो ।
नेपाल ३० खेलमा १३ मा जित र १५ मा हारसहित छैटौं स्थानमा छ ।
पीएनजी ३० खेलमा ३ मा जित र २६ मा हारसहित अंक तालिकाको पुछारमा रहेको छ ।



कागजपत्र |
