प्रदेश १ को ‘न्वारन’ गर्ने तयारीमा प्रदेश सरकार !


विराटनगर – प्रदेश १ को नाम राख्न दलहरुबीचको सहमतिको प्रयास जारी छ ।

आजको प्रदेशसभामा बैठकमा नामकरणको प्रस्ताव पेश गर्ने तयारी हुँदा प्रदेशको नाम ‘कोसी’ मा सहमति जुटाउने प्रयास जारी रहेको एमाले श्रोतले जनाएको छ ।

आजको प्रदेशसभा बैठकमा ‘कोसी’ नाम राख्ने प्रस्तावसहित प्रस्ताव पेश गर्ने तयारी छ ।

प्रदेशको नाम कोसी राख्न नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी राप्रपा र जसपाबीच केन्द्रका शीर्ष नेताहरूको सहमति भइसकेको जनाइएको छ ।

नेपालको संविधानमा प्रदेशको नामकरणको टुंगो लगाउन प्रदेशसभाको दुई तिहाइ मत आवश्यक पर्छ । प्रदेश १ मा ९३ जनाको संसद् छ । जसमध्ये नामकरणको टुंगो लगाउन ६३ जना सांसद चाहिन्छ ।

प्रदेश १ प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन् । सत्तापक्ष र विपक्षमा विभाजित हुँदा कसैको पनि दुई तिहाइ मत पुग्न सक्ने सम्भावना कम रहेको कारण सर्वसहमतिमा नामकरणको टुंगो लगाउने तयारी गरिएको नेताहरू बताउँछन् ।

प्रतिक्रिया