लुम्बिनी प्रदेशसभा बैठक आज बस्दै


रुपन्देही – लुम्बिनी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ।

बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त ‘मन्त्रिपरिषद् पुनर्गठन तथा कार्य विभाजन’ सम्बन्धी पत्रहरू पढेर सुनाउने, प्रदेशसभा सदस्यहरूले विशेष समयमा बोल्न, मुख्यमन्त्री लीला गिरीबाट मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन सभामा पेश हुने, स्वास्थ्यमन्त्री विष्णुप्रसाद पन्थीबाट ‘स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति सम्बन्धी अध्यादेश’ सभामा पेश हुने कार्यसूची रहेको छ।

यसैबीच आजै सरकारलाई समर्थन गरेका लोसपा र नागरिक उन्मुक्तिले आजै सरकारलाई समर्थन फिर्ता लिने जानकारी दिएका छन् ।

नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक राजकुमार चौधरीले आफ्ना माग पूरा नभएकाले सरकारलाई दिएको समर्थन फिर्ता लिने जानकारी दिएका छन् ।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीले पनि समर्थन फिर्ता लिने जनाएको छ। संसदीय दलका नेता सन्तोष पाण्डेले आजै सदनमा समर्थन फिर्ता लिने जनाए ।

प्रदेशमा एमाले पहिलो दल भएकाले अहिले समर्थन दिएका दलले विश्वासको मत फिर्ता लिएको एक महिनासम्म मुख्यमन्त्री लीला गिरीले समय पाउने र त्यसपछि ठूलो दलका हिसाबले पुनः एमालेले नै १ महिना सरकार चलाउने अवसर पाउन सक्ने भएकाले नयाँ रणनीति बनाउन गठबन्धन दलको बैठक बस्न लागेको माओवादीका एक नेताले बताए ।

प्रतिक्रिया