एमाले महासचिव पोखरेल भन्छन् – प्रचण्ड पतनोन्मुख यात्रामा


काठमाडौं – नेकपा एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्री प्रचण्ड पतनोन्मुख यात्रामा रहेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पोखरेलले उग्रवापन्थी अतिवाद पतन कसरी चरम दक्षिणपन्थी अवसरवाद र राष्ट्रिय अत्मसमर्णवादमा पुग्छ भन्दै प्रचण्डलाई कटाक्ष गरेका छन् ।

‘उग्रवामपंथी अतिवादको पतन कसरी चरम दक्षिणपंथी अवसरवाद र राष्ट्रिय आत्मसमर्पणवादमा पुगेर हुन्छ भन्ने कुराको उदाहरण बन्दैछ प्रचण्डको पतनोन्मुख यात्रा,’ पोखरेलले लेखेका छन् । एमाले सरकारबाट बाहिरिएपछि माओवादीविरुद्ध तिखो आलोचना गर्न थालेको छ ।

प्रतिक्रिया