

रुसको निरन्तर आक्रमणले युक्रेनको बाख्मुत सहरको अवस्था कठिन र नाजुक

काठमाडौं – युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले देशको पूर्वी सहर बाख्मुतको अवस्था थप नाजुक र कठिन बन्दै गएको बताएका छन् । रुसी बलले बाख्मुतलाई ६ महिनादेखि नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।
‘शत्रुहरूले हामीलाई लड्नका लागि चाहिने सम्पूर्ण कुराहरू निरन्तर रूपमा नष्ट गरिरहेका छन्’, जेलेन्स्कीले भनेका छन् । अमेरिकी अर्थमन्त्री जेनेट यल्लेनले सोमबार किभ भ्रमणका क्रममा रुसलाई हतियारमा सहयोग नगर्न चीनलाई चेतावनी दिएपछि युक्रेनका राष्ट्रपतिको अभिव्यक्ति आएको हो ।
पछिल्लो समय रुसी सेनाले औद्योगिक सहर बाख्मुत कब्जा गर्ने प्रयासलाई तीव्र पारेको छ । त्यसमा रुस बलले सफलता पनि पाइरहेको छ । रुसको नियन्त्रणमा रहेको दोनेत्स्कका पृथकतावादी नेता डेनिस पुशिलिनले ‘सहरका सबै सडकहरू’ रुसको नियन्त्रणमा रहेको बताएका छन् । बीबीसी

