विश्वासको मत र मन्त्रिपरिषद विस्तार राष्ट्रपति निर्वाचनपछि


काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने र मन्त्रिपरिषद विस्तार राष्ट्रपतिको निर्वाचनपछि हुने बताएकी छन्।

सरकारकको प्रवक्ता समेत रहेका मन्त्री शर्माले आज (मंगलवार) मन्त्रिपरिषद्ले गरेको निर्णय सुनाउन मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले मन्त्रिपरिषद् विस्तार राष्ट्रपतिको निर्वाचनपछि हुने बताएकी हुन् । नयाँ गठबन्धन बनेको र को–को सरकारमा जाने भन्ने विषयमा पनि छलफल गर्नुपर्ने भएकाले त्यसको टुंगो लागिसकेपछि मात्रै मन्त्रिपरिषद् बिस्तार हुने उनले बताइन्।

त्यस्तै प्रधानमन्त्रीले विश्वासको मत पनि राष्ट्रपतिको निर्वाचन पछि मात्रै लिने उनले जानकारी गराइन्। राष्ट्रपतिको निर्वाचनका लागि ध्यान केन्द्रित गर्नुपरेकाले त्यसअघि विश्वासको मत लिने कार्यक्रम नरहेको उनले स्पष्ट पारे।

राष्ट्रपति निर्वाचनको विषयमा कुरा नमिलेपछि पुस १० गतेको गठबन्धन फुटेर सरकारमा रहेको नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी बहिरिएसँगै प्रधानमन्त्रीले संसदमा पुन विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको छ । सरकारमा रहेको तीन पार्टीका १६ मन्त्रीले राजिनामा दिएसँगै १६ मन्त्रलयको जिम्मेवारी प्रधानमन्त्रीको काँधमा आएको छ ।

 

प्रतिक्रिया