

अध्यागमन विभागको महानिर्देशकमा झलकराम अधिकारी

काठमाडौं – अध्यागमन विभागका महानिर्देशकको जिम्मेवारी सहसचिव झलकराम अधिकारीले पाएका छन्।
केही दिनअघि मात्रै गृह मन्त्रालयमा सरुवा भएर आएका अधिकारीलाई विभागको महानिर्देशक जिम्मेवारी दिइएको हो। यसअघि अधिकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा थिए।
त्योभन्दा अघि राजस्व अनुसन्धान विभागको महानिर्देशकका रुपमा उनी कार्यरत थिए। ठूला करदाता कार्यालयको जिम्मेवारी समेत सम्हालेका अधिकारीसँग धेरै क्षेत्रमा काम गरेको अनुभव छ।

