सन्दीपको मुद्दाको सुनुवाई सकियो, केहीबेरमा फैसला आउँदै


काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेलेको निवेदन माथिको सुनुवाई सकिएको छ।

खेल खेल्न विदेश जान पाउनुपर्ने भन्दै सन्दीपले दिएको रिट निवेदन र उच्च अदालतको फैसला विरुद्द परेको दुई निवेदनमा सुनुवाई सकिएको हो। आज नै आदेश आउने सम्भावना रहेको छ।

पुस २८ गते उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। विदेश जान र काठमाडौं उपत्यका छोड्न रोक लगाइएको छ।

अदालतले तोकेको शर्त नमाने यो आदेश तत्काल रद्द हुने भनिएको छ। तर क्रिकेट खेल्न विदेश जानुपर्ने भएको भन्दै लामिछानेले सर्वोच्च अदालतमा निवेदन दिएका थिए।

त्यस्तै उच्च अदालतको फैसला विरुद्द सरकारी वकिल सर्वोच्च अदालतमा पुगेको थियो।

प्रतिक्रिया