सरकारले ७ अर्ब आन्तरिक ऋण उठाउँदै


काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले सोमबार १५ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ ।

८ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणका लागि र ७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नयाँ जारी गर्न लागेको हो ।

नेपाल सरकारको बजेटको लक्ष्य अनुसार आन्तरिक ऋण परिचालन गर्न राष्ट्र बैङ्कले ७ अर्ब रुपैयाँ बराबरको ३६४ दिन अवधिको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

यस्तै २८ दिन अवधिको ५ अर्ब रुपैयाँको र ९१ दिन अवधिको ३ अर्ब १३ करोडको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल हुने राष्ट्र बैङ्कले जनाएको छ ।

८ फागुनमा भएको बोलकबोलमा २८ दिन अवधिको ट्रेजरी बिलको औसत डिस्काउन्ट रेट ७.२५५५ प्रतिशत कायम भएको थियो । यस्तै ९१ दिन अवधिको ट्रेजरी बिलको डिस्काउन्ट रेट ९।५७१६ प्रतिशत कायम भएको थियो ।

प्रतिक्रिया