सन्दीपको मुद्दा हेर्दाहेर्दैमा


काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि पनि सुनुवाइ हुने भएको छ ।

आइतवार भएको सुनुवाइमा प्रतिवादी लामिछानेका तर्फबाट केही कानून व्यवसायीको बहस बाँकी नै रहेकाले आज उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

लामिछाने कारागारमा धरौटी तारेखमा रहने वा नरहने, विदेश जान पाउने वा नपाउने भन्ने विषयमा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको हो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा तोकिएको पेशीका क्रममा आज सरकारी पक्षबाट तथा लामिछानेका तर्फबाट केही कानून व्यवसायीले बहस गरेका थिए ।

प्रतिक्रिया