कञ्चनपुरबाट धनगढी आउँदै गरेको हायस दुर्घटना


धनगढी – कञ्चनपुरको महेन्द्रनगरदेखि धनगढीतर्फ आउदै गरेको हायस दुर्घटना भएको छ।

आज बिहान बा ४ ख २३०३ नम्बरको हायस शुक्लाफाटा नगरपालिका–११ कलुवापुर नजिकै दुर्घटना भएको हो।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार वाइरिङ्ग सर्टसर्किट भएर दुर्घटना हायस दुर्घटना भएको हो।

दुर्घटनामा ४ जना घाइते भएका छन्। उनीहरुमध्ये एक महिलाको अवस्था गम्भीर छ। हायसमा जम्मा ६ जना सवार थिए।

 

प्रतिक्रिया