बागमतीमा राप्रपाका मन्त्रीहरुद्वारा राजीनामा


हेटौंडा — राप्रपाको तर्फबाट बागमती प्रदेश सरकारमा सहभागी भएका तीनजना मन्त्रीहरूले राजीनामा दिएका छन् ।

शनिवार बागमती प्रदेशसभाको बैठक सकेर मुख्यमन्त्री शालिकराम जम्मकट्टेल समक्ष तीनैजना मन्त्रीले सामूहिक राजीनामा बुझाएका हुन् ।

राप्रपाबाट ऊर्जा तथा सिँचाइ मन्त्री उद्धव थापा, पर्यटन, उद्योग तथा सहकारी मन्त्री डम्बर तामाङ र वन तथा वातावरण मन्त्री राजु विष्ट सरकारमा सहभागी थिए ।

 

प्रतिक्रिया