हामी पर्ख र हेरको रणनीतिमा छौंः रास्वपा


काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपति निर्वाचनबारे तत्काल कुनै निर्णय नलिने भएको छ ।

‘हामी पर्ख र हेरको रणनीतिमा छौँ,’ रास्वपाका प्रवक्ता मुकुल ढकालले भने ।

१९ सिट रहेको रास्वपाले प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको थियो ।

राष्ट्रपतिमा कसलाई मत दिने भन्ने निर्णय रास्वपाले अन्तिम समयमा गर्ने भएको छ । २५ गते मतदान भएकाले अहिले नै निर्णय गर्न हतार नगर्ने मनस्थिति रास्वपाको छ ।

प्रतिक्रिया